राेशन खानले जिते अन्तरास्ट्रिय खेलमा स्वर्ण पदक

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

काठमाडाैंः राेशन खानले अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । ५० बर्ष मुनि एकल पुम्सेमा राेशन खानले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै रमेश कार्कीले पनि अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनले ८७ केजी माथी स्पायरिङ तर्फकाे खेलमा स्वर्ण पदक जितेका हुन् ।

दक्षिण कोरियामा जारी अन्तरास्ट्रिय ओपन च्याम्पियन प्रतियोगितामा खान र कार्कीले पदक जितेका हुन् । ५० बर्ष मुनि एकल पुम्सेमा राेशन खानले र स्पायरिङ तर्फ ८७ केजी माथी रमेश कार्कीले स्वर्ण पदक जितेका हुन् । राेशन खान चितवन जिल्ला तेक्वान्दाे संघका उपाध्यक्ष समेत हुन् ।