रबिलाइ पुनः पाँच दिन म्याद थप

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा रहेर अनुसन्धान नसकिएकाेले रबि लामिछाने लगायत तिनै जनालाइ पुनः पाँच दिनकाे म्याद थप गरिएकाे बताइएकाे छ । उनिहरुलाई जिल्ला अदालत चितवनले आज फेरी पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उनीहरु तीनै जनालाई गत साउन ३१ गते पनि पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।