see परिक्षा दिने नक्कलि परिक्षार्थी पक्राउ

रबिन्द्र बराल प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

माेरङः माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयमा भदौ १ गतेदेखि see पुरक परिक्षा शुरू भएको छ ।

साेहि परीक्षा अन्तर्गत मंगलबार भएको गणित बिषयकाे परिक्षामा सुनवर्सि नगरपालिका बडा नम्बर ६ मा रहेको आदर्श माध्यमिक बिधालय डाईनियाँका कुमाेद प्रसाद गनगाईकाे सिम्बल नम्बर ०८१३४३६ z रहेको छ । अनिबार्य गणित बिषयको पुरक परिक्षा दिने मोरङ सुनवर्र्सी नगरपालिका ८ बस्ने २१ बर्षिय मुन्ना मण्डल मगलबार पक्राउ परेका हुन । पक्राउ परेका मण्डल इप्रका रंगेलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको जनाएको छ ।

नाममा परीक साे दिने एक पक्राउ परेका छन । साेहि स्थान बस्ने बर्ष २५ का मुन्ना मंन्डलले कुमाेदकाे प्रबेश पत्रमा आफ्नो फाेटाे टाँसेर क्रिते सहि छाप गरेर परीक्षा दिने क्रममा उनलाई पक्राउ गरिएको हाे । नेपाल सरकारले २०७२ साल देखि लेटर ग्रेडिङ प्रणाली अन्तर्गत see परिक्षा देश भरिका बिधालय हरुमा अध्यन गर्ने बिधार्थिहरुकाे मनाेवल बडाउने उदेश्यले see परिक्षा सुरु गरेको हाे ।

परीक्षा हलमा प्रबेश गर्ने क्रममा चेक जाँच गर्दा उनलाई पक्राउ गरिएको र प्रहरीलाई जिम्मा लगाईएकाे बिधालयका प्राध्यापक बिरेन्द्र प्रसाद साहले बताए । उनलाई मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र शिक्षा ऐन अनुसार ६ महिना कैद १ लाख जरिवाना समेत हुने ब्यवस्था हुने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।