खासमा रवि लामिछाने हिराे हाेइनन्

रवि लामिछाने प्रकरण
कृष्ण उदासी प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

खासमा रवि लामिछाने हिराे भएका हाेइनन् । उनलाई हिराे एकदम न्यून जीवनस्तर बाँचिरहेका जनताले मानेका हुन् ।

भएकाे चै के हाे भने याे देशका शासकहरुप्रति जनताकाे विश्वास गुमेकाे हाे । जनता भनेका चुनाबका बेला सित्तैमा मासुभात खान पाउने आशमा गाडीमा ताेडफाेड गर्ने, कुनै पनि नेताकाे आलाेचना गर्दा ठाड्कन्ने कमिलाे जस्ताे ब्यबहार गर्ने मात्र हाेइनन् । (जसलाई नेताले चुनाबका बेला वा अन्य भाषणमा जनता सम्वाेधन गर्छन् ।) जनता त ती हुन् जसलाई नेताहरुले भाेटबैँककाे रुपमा प्रयाेग गरेका छन् र चुनाबपछि कसैलाई पनि चिन्दैनन्, उनीहरुकाे आँशु कतिखेर खस्छ थाहा पाउँदैनन् । तर, रवि लामिछानेले तिनै जनताका भावनालाई स्पर्श गरेका छन् त्याे पनि नरम स्पर्श ।

विदेशमा जीवन मरणकाे अवस्थामा रहेकाहरुले गुहार माग्दा हाम्राे सरकारले कहिल्यै सुनेन तर रवि लामिछानेले एउटै स्काइप कलकाे भरमा उद्दार गरेका छन् । अनि उनले जनताकाे मन नजितेर कसले जित्छ?

रविकाे पपुलारिटीकाे डाहा हाम्रा नेताहरुलाई छ । सिधा कुरा कार्यक्रमकाे डर प्रत्येक नेता, भ्रष्ट कर्मचारी, भ्रष्ट पुलिस, ठेकेदार, ठग र दलालहरुलाई छ । त्याे बन्द गराउने याेजना सरकारकाे पनि हुन सक्छ किन कि अहिलेकाे सरकार भनेकाे नेताहरुकाे झुण्डभन्दा बड्ता केही हाेइन । तर, जनताकाे मन जितिसकेकाे कार्यक्रम भएकाले ठुलाे आलाेचनाकाे डरले सिद्धै बन्द गराउन नसकेर घुमाउराे बाटाे समेत खाेजेकाे हुन सक्छ ।

नत्र किन अनुसन्धान भिडियाेकाे स्राेत खाेजि गर्नतिर लाग्दैन ?

रवि लामिछानेकाे अनुसन्धान हाेस् सत्य तथ्य बाहिर आओस, रवि दाेषी सावित भए र उनले दाेष स्वीकार गरे भने कति सजाय दिन मिल्छ सबै सजाय मिलाेस् तर,याे अनुसन्धानले दाेषी पत्ता लगाउने कुरामा विगतकाे नजिर हेर्दा विश्वास लाग्दैन ।

कृष्ण उदासी
उर्लावारी