प्रधानमन्त्रिलाइ गाँसमा ढुंगा, नेपाल गएनन् सर्वदलिय वैठकमा

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अाफ्नै पाटीका नेताहरूबाट गाँसमा ढुंगा परेझै भै रहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।

बालुवाटारमा बसेको बैठकमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गाैतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरल सहभागी छन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् ।

तर नेता नेपाल बैठकमा सहभागी भएनन् । पार्टी वरियतामा घटुवा गरेर झलनाथ खनाललाई अगाडि राखे लगत्तै सर्वदलीय बैठकमा नेता नेपालको अनुपस्थिति अर्थपूर्ण भएको नेताहरु बताउँछन् ।

बैठक बेलुका ५ बजे बोलाइएको थियो । नेता नेपाललाई ४ बजे पछि मात्रै जानकारी गराइएको थियो । नेता नेपाल निकट स्रोतका अनुसार ढिलो खबर आएकाले उनी बैठकमा नगएका हुन् । अहिले नेकपा भित्र ठुलाे किचलाे देखिएकाे छ ।