प्रकाश आङ्देम्बेकाे पारै मिलेन

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

काठमाडाैंः हरेक मान्छेकाे आ आफ्नो जीउने तरिका हुन्छ । लेखक, निर्देशक तथा साहित्यकार प्रकाश आङ्देम्बेकाे पारै मिलेन ।

कसैको कसैसँग पारा मिल्दैन, त्यसमा पनि खास मान्छेसँग पारा नमिले पछिको तर्क आङ्देम्बेले गीत मार्फत ब्यक्त गरेका छन् । न यहाँ आफ्नो शैलिमा नै जीउन सकिन्छ त्यसैले पारा मिलेन । यस्तै भावनाले सजिएकाे गीत बजारमा आएकाे छ । आङ्देम्बेकाे शब्दलाइ पारस मुकारूङले मिठाे संगीत भरेका छन् ।

यस गीतलाइ उदयमान गायक बिनाेद राइले सुमधुर स्वरमा गाएका छन् । बिनाेद राइ कै युटुब च्यानलबाट गीतकाे लिरिकल भिडियाे सार्वजिनक गरिएकाे छ । यस गीतकाे एरेन्ज भने नाेर्बु शेर्पाले गरेका हुन् ।