च्याब्रुङ टिमकाे छलफलमा बृज्ञहरू

प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६

काठमाडाैंः नेपाली चलचित्र च्याब्रुङ टिम निर्माणकाे तयारी सँगसँगै बिभिन्न छलफलमा जुटिरहेको छ । लिम्बु समुदायको बिबिध संस्कृतिलाइ समेटेर निर्माण गर्न लागिएको चलचित्र च्याब्रुङ टिमले लिम्बु समुदायका बृज्ञहरुसंग चरणबद्द रूपमा छलफल कार्यक्रम गरिरहेकाे छ ।

लिम्बु समुदाय भित्रका बिबिध संस्कृतिहरूमा रहेर छलफल गरिएको निर्माता राेशन लिम्बुले जानकारी दिए । छलफलमा युजेश फिल्मस का संचालक तथा निर्माता एन बी अन्जानकाे अध्यक्षातामा लिम्बु इतिहासकार तथा बृज्ञ येहाङ लावतीकाे प्रमुख आतिथ्यता पुर्ब माननीय राज कुमार नाल्बो र हस्त लिम्बाङ ज्युको बिशिष्ठ आतिथ्यतामा याक्थुङ लेखक संघका महासचिब टंक सेलिङ, तथा बिभिन्न लिम्बु समुदायका संघ संस्थाका प्रतिनिधिहरू तथा बृज्ञ लगायतको उपस्थिती रहेको चलचित्रका प्रस्तुतकर्ता अशोक क्षेत्रीले जानकारी दिए ।

यो चलचित्रको कथाबस्तु माथि छलफल तेश्राे चरणको रहेको र अब बिभिन्न चरणमा लिम्बु समुदायका बिभिन्न संघ संस्था तथा विज्ञहरुसंग छलफल गरिने चलचित्रका निर्माता राेशन लिम्बुले बताए । यस चलचित्रलाइ सागर केरुङले निर्देशन गर्दैछन् ।

चलचित्र च्याब्रुङलाई अशोक क्षेत्री, रोशन लिम्बु, निशा आङ्देम्बे, अनुप लिम्बु, राम मादेन लगायतले निर्माण गर्न लागेका हुन् । युजेश फिल्मसकाे ब्यानरमा निर्माण हुने च्याब्रुङमा लिम्बु समुदायको बिभिन्न संस्कृतीलाई समेटिने छ ।