नेशनल प्याब्सन काठमाडौँको ‘लोक नृत्य प्रतियोगिता’ भदौ १० गते

नरेन्द्र भट्टराइ प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६

काठमाडौँ: निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँको आयोजनामा यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेशनल प्याब्सन काठमाडौँले हरेक बर्ष तिजको अवसर पारेर गर्दै आएको प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिन लागेको हो । प्रतियोगिताको तयारी बारे आज संवाद चौतारीमा एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ७५ टिमको सहभागिता रहने छ । बिहान ८बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका विजेताहरु प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद १५ हजार, १० हजार ५ हजार सहित ट्रफी र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ भने बाँकी टप १० टिमलाइ नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको प्रमुख आतिथ्यता सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी टिमले नेपाली मौलिक कला , संस्कृति र परम्परा झल्कने खालका मौलिक लोकनृत्यलाई कम्तीमा ८ र बढिमा २४ जनाको समुहमा प्रस्तुत गर्न सकिने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुलाई आफ्नो मौलिक भाषा, संस्कृति, र परम्पराप्रति जागरुक बनाउँदै मौलिक संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका संचार विभाग प्रमुख तथा लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गेन्द्र लामाले जानकारी दिनुभयो ।