गजल

सागर केरुङ प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६

सागर केरुङ

झोली तुम्बी बोकि हिड्यौ, कता लाग्दैछौ ?
मंसिरमा चैं आउनु भन्थ्यौ, कता भाग्दैछौ ?

रिकुटेहरु आउँछन है, छिटो आउनु भन्थ्यौ
एकदिन के ढिलो भाको हो, कता डाक्दैछौ ?

एउटै फोन चारै सिम अँट्छ भन्छन अचेल
थाहा छैन कता हाल्छौ, कता साफ्दैछौ ?

दुइ मुटु एक धड्कन समिप हुनलाइ
देवि देउता देउराली, कता भाक्दैछौ ?