५३ औं रथ यात्रा प्रदेश नम्बर १ मा सम्पन्न (फाेटाे फिचर सहित)

रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६

मोरङ : प्रदेश नम्बर एकमा रहेको बिराटनगरकाे विशेष महत्त्व साथमा सुरु भएको ५३ औं  रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ । यस बर्षको रथयात्रा पनि भब्य रुपमा सम्पन्न भएको छ ।

हरेक वर्ष भाद्र महिनामा कृष्ण भगवानकाे जन्म उत्सव मनाए पछि त्यसकाे भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिने प्रचलन सुरु भएको हाे । ५२ वर्षदेखि लगातार रथयात्रालाई गर्ने लागिएको हाे । उक्त रथ यात्रामा विभिन्न समुदाय हरुकाे मैलिक धार्मिक तथा जातीय झाँकीसहित रहेको थियो ।

साे यात्रामा प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङ, संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्रीले, बिराटनगर का मेयर भिम पराजुली, सुर्यदल गणका प्रमुख सेनानी रघुनाथ पाैडेल, शुभारम्भ गरेका थिए ।

५२ वर्षअघि खटमा राखेर राधाकृष्णको प्रतिमा नगर परिक्रमा गराएर सुरु गरिएको र पछि ठूलो जनसहभागिताका साथ रथयात्राको परम्परा बसेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लागेको थियो । सुनसरी र मोरङका विभिन्न भागबाट भक्तजन तथा झाँकी समूहको उपस्थिती समेत थियो ।

तीनपैनीबाट सुरु भई विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर, बरगाछी चोक हुँदै पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको हाे ।

रथ तान्दा दुःख हरणका साथै सुख मिल्ने जनविश्वास समेत रहेको बुढापाकाहरु बताउँछन् । भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४० ठाउँमा विश्राम गरिएको थियोे । यसपालि देखि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाईएको थियोे ।

मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रयि घटना हुन नदिन विशेष सुरक्षाका लागि प्रहरीले ड्रोन क्यामेराबाट महानगरपालिको सुरक्षा निगरानी समेत गरेको थियाेे ।

प्रहरीले रथयात्रामा सुरक्षाकोलागि एक हजार ७ सय प्रहरी प्रहरी परिचालन गरेको छ । २ सय जना सादा पोशाक र १ हजार ५ सय जना पोशाकमा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।