रवि लामिछानेविरुद्ध अभियोगपत्र दायर गर्दै, आज रिहा हुनेमा दुबिधा यस्ताे खुलासा

प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६

चितवनः  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ । स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै सोमवारदेखी नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि सोमवार बहस नसकिए मंगलवार पनि बहस चल्ने छ ।

बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिए । प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।  पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानको लागि भन्दै प्रहरीले  पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।