रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप चितवन रणभुमी बन्दै(लाइभ भिडियाे हेर्नुहाेस् )

प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६

काठमाडाैं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले जिल्ला अदालत चितवन अगाडी प्रर्दशन गरेका छन्। आइतबार रवि लामिछानेलाई बयान लिन अदालतले सोमबारको लागि अदालतले बयान लिने भएको छ। रविको बयान आज नलिएको भन्दै प्रर्दशन गरेपछि प्रहरीले हटाउन खोज्दा झडपसमेत भएको छ । झडपमा प्रहरी र दर्जनाै प्रदर्शनकारी घाइते भएका छन् भने केहि प्रर्दशनकारी प्रकाउ गरिएको प्रहरीले जनाएको छ । रबि समर्थकहरूले प्रहरीकाे निशेधीत क्षेत्र प्रवेश गरेपछि झडप भएको हाे ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो। अदालतले आइतबार कार्कीको मात्र बयान लिन भ्याएको छ। सोमबार अदालत खुलेपछि लामिछाने र कँडेलको बयान लिईनेछ। बयान लिने काम सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ।

हेर्नुहाेस् लाइभ भिडियाे