विप्लवका ४ नेता पुनः गिरफ्तार

प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६

सरकारले प्रतिबन्ध घोषणा गरेको १२ दिनपछि गिरफ्तार भएका विप्लव नेतृत्वको नेकपाका ब्यूरो र जिल्ला चार नेतालाई १ सय ५० जेलमुक्त भएकै क्षणपछि पुनः गिरफ्तार परेका छन् ।

गत चैतको दोस्रो हप्तामा मोरङ र सुनसरीको विभिन्न ठाउँबाट गिरफ्तार गरिएका उनीहरुलाई सुनसरीको झुम्का जेलबाट सोमबार धरौटी बुझाई रिहा भएका थिए । रिहा लगत्तै सबैलाई पुनः गिरफ्तार गरी संखुवासभा प्रहरीको जिम्मा लगाइएको छ ।

अरुण ३ जलविद्युत आयोजनामा विष्फोट र आगजनी गरेको अभियोगमा संखुवासभा लगिएको स्रोतले बतायो । जिल्ला अदालत सुनसरीको बैशाख १७ को आदेशबमोजिम जनही ५० हजार धरौटीरकम बुझाएर सोमबार रिहा भएका थिए ।रिहापछि पुनः गिरफ्तार हुनेहरुमा तत्कालिन कोशी ब्यूरो संयोजक ओखलढुंगा घर भएका घनश्याम श्रेष्ठ ‘पुष्कर’, काभ्रेपलाञ्चोकको चौंरी घर भएका ब्युरो सदस्य माधव गौतम ‘आकाश’, भोजपुर घर भएका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ र जिल्ला सदस्य सूर्य खड्का ‘रमेश’लाई सुनसरी जिल्लाको झुम्का कारागारबाट सोमबार दिउँसो छुटेलगत्तै प्रहरीले गिरफ्तार गरेको थियो ।

पुष्कर र आकाशलाई चैत्र १० गते मोरङको कानेपोखरीबाट, सदस्यलाई चैत १२ गते सुनसरीको इटहरीबाट र प्रज्वललाई चैत १३ गते मोरङको हरैचाबाट प्रहरीले गिरफ्तार गरेको थियो । प्रज्वल माेरङ

चारै जनाविरुद्ध सुनसरी प्रहरीले हातहतियार तथा खरखजाना, संगठित अपराधको कसुरसम्बन्धी अभियोगमा मुद्दा चलाएको थियो । मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले बैशाख १७ गते जनही ५० हजार धरौटी लिई थुनामुक्त गर्न आदेश दिएको थियो ।
चारै जनाले धरौटी रकम बुझाउन इन्कार गरेपछि सोही दिन झुम्का कारागार चलान गरिएको थियो । सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

विप्लव नेकपाले भने प्रतिबन्धलाई दलाल पूँजीवाद र साम्राज्यवादीसँगको आत्मसमर्पणको परिणाम भन्दै खारेजीको माग गर्दै आइरहेको छ । मानवअधिकारवादी संगठन, कलाकार, नागरिक समाज, संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाललगायतले प्रतिबन्धको चर्को विरोध गर्दै तुरुन्त फिर्ता लिन सरकारसँग माग जारी राखेका छन् ।

आकाश यसअघि पटकपटक गिरफ्तार पर्दै छुट्दै आएका व्यक्ति हुन् । प्रज्वल नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत हुन् । साथै प्रज्वल र पुष्कर काठमाडौंमा संचालित रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रबन्धकको जिम्मेवारी समेत पूरा गरिसकेका व्यक्ति हुन् ।