रत्न माध्यमिक बिधालय रंजनिमा एक दिने जनचेतनामूलक कार्यक्रम

रबिन्द्र बराल प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६

माेरङ: माेरङकाे रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक बिधालय रंजनिमा एक दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

बिधालयमा अध्यन कक्ष ८ देखि १० सम्मका छात्रछात्राहरुलाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रशिक्षण दिएको हाे । अहिले सामाजिक सन्जालले गर्दा युवा युवतीहरु दिन प्रतिदिन बिकृतिमा तथा अन्य बाटाेमा लागिरहेको अवस्था यस्ता जनचेतनामूलक कार्यक्रम गर्नु निकै फलदायी हुने स्थानीय बडा अध्यक्ष घन्श्याम पनेरुले बताए । १ नं.प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले पावर प्वाइन्ट तथा लेक्चर, भिडियो बिधीबाट साइबर क्राइम,बाल बिबाह, ट्राफिक नियम,लागुऔषध सम्बन्धी बिषयमा प्रशिक्षण गरिएका थिए ।

प्रशिक्षण दिदै दाहालले भने गाउँ घरमा अहिले पनि घरेलु हिन्सा कायमै रहेको हुनाले यसबाट हुने हिन्सा राेक्न सबै पक्षकाे भुमिका उत्तिकै महत्त्वपूर्ण हुने समेत बताए । १ न प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा ईलाका प्रहरी कार्यालय रंगेलीकाे पहलमा समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनि अध्यक्ष मिना जोशी, वडा अध्यक्ष घनश्याम पनेरु, ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल, बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष, स्थानीय, बुद्धिजीवी, समाजसेवी शिक्षक लगायतकाे उपस्थिति समेत रहेको थियोे ।