जीप दुर्घटनामा दुईको मृत्यु

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

अछाममा शुक्रबार भएको जीप दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।

अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडामा भएको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का कौशी साउनद र कित्थी साउदको ज्यान गएको हो ।

अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै पुग्दा दुर्घटना भएको थियो । दुर्घटना केही बेरअघि मात्र भएको हो । अन्य पाँच छना घाइते भएका छन् ।