नेपाली कांग्रेस रंगेली नगरले मनायो वि पी जयन्ती

रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६

रंगेलीः नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीकाे कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ ।

रंगेली ७ मा रहेको मेलिना हाेटलकाे सभाहलमा शनिबार एक कार्यक्रमकाे अायाेजना गरि विपि जयन्ती मनाएका हुन । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला सचीव श्री मोदराज घिमिरे, विशिष्ट अतिथी पुर्ब जिल्ला सचीव श्री संन्जय भट्टराई, क्षेत्रीय सभापति सुमन कुंवार, जिल्ला सदस्य श्री राजकुमार कोइराला, तरुण दलका जिल्ला सदस्य मित्र पदम पाठक, लगायतको उपस्थित समेत रहेको थियोे ।

उक्त कार्यक्रममा विपिकाे फाेटाेमा माल्यार्पण गरेर बिपि जयन्ती मनाएका हुन । विपिकाे बिचारकाे माध्यमबाट नेपाली काङ्ग्रेस अगाडि बडेमा देश र जनताकाे भलाे हुने समेत बताए । बिपिकाे जिवनि पढनु हाेस । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।

कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए, भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थिए । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए । विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा समेत बताए । नेपाली काङ्ग्रेस रंगेली नगर सम्योजक श्री जगर नाथ मण्डल ज्युको सभापतित्वमा कार्यक्रम सप्पन्न भएकाे थियाे ।