हरितालिका तिजमा यस्ताे राैनक

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

माेरङः नेपाली दिदी बहिनी हरुकाे मुख्य चाडपर्वका रुपमा रहेको हरितालिका तिज बिशेष रुपमा मनाउँदै अाईरहेका छन । भने यस बर्ष पनि माेरङकाे रंगेली नगरपालिका २ स्थिति लाटामराङ मा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रमकाे अायाेजना गरि तिज मनाएकाे छ ।

साे क्षेत्रका दिदिबहिनी हरुलाई उक्त समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनाेरञ्न समेत गराएका थिए । कार्यक्रममा समितिले बृद्ध हरु लाई सम्मान समेत गरेका छन । उनीहरुले ७९ बर्षका सुर्य कुमारी भेटवाल, ९० बर्षिय कुसुम थापा, ८६ बर्षिय अम्विका कार्की, र ८८ बर्षिया सावित्री दाहाललाई दाेसल्लाहा अाेडाएर सम्मान समेत गरिएको थियोे । कार्यक्रम स्थानीय सुमन कुवर, गुणकेशरी लम्साल,जित नारायण खवार, शुभाष सिग्देल, सन्तलाल खवार लागायतकाे समेत उपस्थित रहेको थियोे । कार्यक्रम दिदिबहिनीहरुले नेपाली तिजका गितहरुमा नृत्य समेत गरेर हरितालिका मनाएका हुन । साेहि क्रममा रंगेली ८ स्थित दर्वेशा चाेकमा बडा कार्यलयले महिला दिदिबहिनीहरुका लागि कुनै पनि कार्यक्रम अायाेजना नगरेपछि स्थानीय ढब्बु तामाङ र भक्त थापाले तिज कार्यक्रमकाे अायाेजना गरिएको तामाङले बताए ।

त्यसैगरी रंगेली ४ मा रहेको सुजनशिल विकास समूह र समाज सेवा युवा क्लव अामताेलाले समेत तिजकाे कार्यक्रमकाे अायाेजना गरेको थियोे ।