लिम्बू चलचित्र ‘छुइयाहा’ को शिर्ष गीत रेकर्डिङ

प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

काठमाडौः लिम्बू भाषा, कला, संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत रेकर्डिङ सकिएको छ ।

सोमबार काठमाडौ अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन । आगामी जनवरी 2020 देखी पान्थर, तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगुले निर्माण गर्न लागेका हुन ।

सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्रको केहि कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगुले बताए ।