२०७६ साल भाद्र १७ गते मंगलवारकाे राशिफल

प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

मेष राशी

मेष राशी हुनेहरुको आज ठूला आशा र मत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । अनावश्यक घुमघाम नगर्नु राम्रो हुनेछ । अनावश्यक खर्च बढ्ने योग छ । भागविलास र श्रृङगारिक सामान खरिद गर्न धन खर्च हुनेछ ।

वृष राशी

वृष राशी हुनेहरुको लागि आज नचिताएको काम बन्नेछ । साथीभाइको सल्लाह र विचारलाई अनुसरण गर्दा लाभ मिल्ने देखिन्छ ।अपुरा काम पुरा हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुने मौका प्राप्त हुनेछ । ज्ञान विज्ञान र चिन्तनमा समय बित्नेछ ।

मिथुन राशी

मिथुन राशी हुनेहरुको आज आम्दानीमा कमी आउनेछैन । आत्मविश्वासमा अभिवृद्धि हुनेछ । आम्दानीमा कमी आउने छैन । घरायासी काममा मन जानेछ । कर्मचारीले प्रशंसा पाउनेछन् । कर्मसिद्धीको समय छ । कर्मप्राप्तिका लागि गरिएका कम सफल हुनेछ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ ।

कर्कट राशी

यस राशी हुनेहरुको आज दिन धार्मिक तथा साँस्कृतिक काममा संलग्न हुनुपर्ने समय छ । पारिवारिक समस्याहरु समाधान हुनेछ । पहिले गरेका कामको मूल्यांकन र प्रशंसा हुनेछ ।रोकिएका काम शुरु गर्ने समय छ । आर्थिक पक्षमा टेवा पुग्नेछ । यातायातको साधन किन्न आजको दिन अनुकुल छ । गरेको काममा भाग्यले साथ दिनेछ ।

सिंह राशी

सिंह राशी हुनेहरुको आज सानातिना घरेलु समस्या देखिए पनि त्यसले असर गर्नेछैन । आज रोकिएका काम तथा लामो समयदेखि आफूले गर्न चाहेको काम बन्ने योग छ ।उत्साहमा कमी हुन दिनु भने हुँदैन । उपलब्धिमूलक यात्राको योग छ । आज गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

कन्या राशी

कन्या राशी हुनेहरुका लागि आज लामो समयदेखिको उल्झन सुल्झाउने समय छ । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनेछ ।दिन भाग्यशाली भएर देखा पर्नेछ । साझेदारीको काम गर्ने समय अनुकुल रहेको छ । सोच्दै नसोचेको काम सफल हुनेछ ।

तुला राशी

यस राशी हुनेहरुका लागि आज विभिन्न धार्मिक, सामाजिक, आर्थिक, व्यवहारिक उपलब्धिहरु हासिल हुने समय छ । दिन ढल्दै जाँदा आर्थिक तथा शारिरीक शक्तिमा ह्रास आउनेछ ।आम्दानी नहुने क्षेत्रमा खर्चको मात्रा बढ्न सक्छ । सामाजिक र परोपकारको काममा व्यस्त हुनुपर्नेछ । व्यवसायिक जीवन सामान्य रहेको छ ।

वृश्चिक राशी

वृश्चिक राशी हुनेहरुका लागि आज विहानै महत्वपूर्ण घरायासी काममा समय दिनुपर्ने छ यसले दिर्घकालिन फाइदा दिलाउन सक्छ । दिउसोबाट आत्मबलमा वृद्धि हुनेछ । दिर्घकालिन चिन्तनलाई मूर्तरुप दिन आजको समय अनुकुल रहेको छ ।

धनु राशी

धनु राशी हुनेहरुका लागि आज दिन लाभदायक छ । व्यापार व्यवसायबाट मेहनतअनुसारको लाभ मिल्नेछ । विदेशमा बसेर व्यवसाय वा काम गर्नेले पनि आज राम्रो लाभ आर्जन गर्नेछन् । व्यापार व्यवसाय फस्टाउने छ । जोस जाँगर बढ्नाले आम्दानी पनि बढ्नेछ ।

मकर राशी

मकर राशी हुनेहरुका लागि आज चाहानाअनुसार काम बन्ने योग छ । यात्रा सफल हुनेछ । राज्य पक्षबाट सम्मानित हुने समय छ । सामाजिक वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार र पुरस्कार मिल्ने योग छ । व्यापार व्यवसायका क्षेत्रमा नयाँ काम गर्ने अनुकुल समय छ ।

कुम्भ राशी

यस राशी हुनेहरुको आज आर्थिक पक्ष सुदृढ रहुनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरु समाधान हुनेछ । काममा सफलता पाइनेछ । बोलीको कदर हुनुका साथै महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ ।

पारिवारिक सुख मिल्नेछ । नोकरी र व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ । भौतिक सामाग्री किनेमेल गर्न समय अनुकुल छ । सुन चाँदी जस्ता धातुको कारोबारबाट केहि लाभ मिल्नेछ । दिर्घकालिन लगानीको लागि समय उपयुक्त छ ।

मिन राशी

यस राशीका हुनेहरुले आज साँझ मनोरञ्जन र पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । पेशा र व्यवसायबाट लाभ प्राप्त गर्ने दिन छ । लाभदायक वस्तुको किनमेला गर्ने समय छ ।आज लामो दुरीको लाभदायक यात्राको सम्भावना छ । महत्कांक्षा र इच्छाहरु पुरा गर्ने समय छ ।