बिश्वकर्मा पुजा नजिकिदै जाँदा कलाकारहरु ब्यस्त

रबिन्द्र बराल प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

बिश्वकर्मा पुजा नजिकिदै जाँदा कालिगड कलाकारहरु ब्यस्त रहेका छन् । बिश्वकर्मा पुज असाेज १ गते ग्यारेज, उध्याेग, कलकारखानाहरुमा विशेष पुजा आजा गर्ने प्रचलन समेत रहेको छ ।

उक्त मुर्ति बनाउनका लागि अहिले सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा भारतका कलाकारहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँसबाट कलात्मक तरिकाले बिश्वकर्माकाे मुर्ति बनाएर बिक्रीवितरण गर्ने गर्दे छन । कलाकारहरुले साउनकाे पहिलाे साताबाट भारतबाट नेपाल अाएर घर भाडामा लिएर अाफ्नाे कलाकारकाे माध्यमबाट दुई महिनाकाे अबधिमा ४० हजार देखि ८० हजार रुपैयाँ सम्म कमाउने गरेका छन । उनिहरुले पराललाई डाेरीले बाँधेर हात, खुट्टा, र शरिरकाे अाकृति निकालेर त्यसलाई चिम्टाईलाे माटाेले उक्त अाकृतिमा माटाेले लिप्ने गर्दे छन । त्यस पछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग राेगन गरेर बिक्रीवितरण गर्ने गर्दछन । तराईका जिल्लाहरुमा यस्ता मुर्तिहरुकाे बडि किन मेल हुने गरेको छ ।

१० बर्ष देखि अाफु याे कलाकार पेसामा लागेको र अाफुलाई राम्रो भएको र नेपालमा बसेर राम्रो कमाई हुने गरेको र अाफुले याे पेशामा लागेको समेत बताए । उनले एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगाेटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेकाे सिस्वनि जहदा ४ का बिजय मंन्डलले वताए ।