राजपा काे १ नं. प्रदेश युवा संयोजकमा रोशन लिम्बु

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

काठमाडाैंः राष्ट्रिय जनता पाटी ( राजपा) ले १ नं.प्रदेश को युवा संयोजकमा रोशन लिम्बुलाइ जिम्मेबारी दिएको छ । आज राजपाको केन्द्रको बैठकबाट झापा केरखाका युवा समाजसेवी तथा राजनीतिकर्मी रोशन लिम्बुलाइ संयोजकको जिम्मेवारी दिएको हो ।

पाटीबाट १ नं. प्रदेशको युवा संयोजकको जिम्मेवारी पाए संगसंगै पाटी संगठनको जिम्मेवारी बहन गर्दै संघिय लोकतान्त्रिक ब्यबस्थापन, पहिचान, समानुपातिक समावेशी लोकतन्त्र, स्वसासन, बहुभाषिक नीति, आर्थिक तथा सामाजिक सांस्कृतिक क्रान्ति, बिकास र भ्रष्टाचारमुक्त शासन प्रशासन, न्याय र समानतामा आधारित समृद्घ समुन्नत समाज निमार्णको उदेश्यका साथ कार्य गर्ने प्रतिबद्घता रहेको उहाँले बताउनु भयो ।
साथै आदिबासी जनजातीहरुको बिबिध बिषयबस्तुहरुलाइ आत्मसाथ गर्दै अगाडी बढाएर लैजाने समेत युवा नेता रोशन लिम्बुले बताउनु भयाे ।

एक कर्मठ तथा कुशल नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम रहनुहोस् भन्ने कामना सहित हार्दिक बधाइ तथा शुभकामना ।