साैठा मा बि रतुवामाईमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

रबिन्द्र बराल प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

माेरङः माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित साैठा माध्यमिक बिधालयमा एक दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

भदौ १४ गते देखि २० गतेसम्म मानव बेचबिखन बिरुद्ध साताव्यापी जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिधालयमा अध्यन कक्षा ९,१० र ११ का छात्रछात्राहरू रमाबेश गरि एक दिने कार्यक्रम गरिएको हाे ।

साेहि कार्यक्रम संगै लागुऔषध, महिला हिंसा, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा समेत प्रक्षिक्षण दिएको हाे । अहिले सामाजिक सन्जालले गर्दा युवा युवतीहरु दिन प्रतिदिन बिकृतिमा तथा अन्य बाटाेमा लागिरहेको अवस्था यस्ता जनचेतनामूलक कार्यक्रम गर्नु निकै फलदायी हुने बिधालय का प्राचार्य लक्ष्मीप्रसाद काेईराला ले बताए । १ नं.प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहाल ले साइबर क्राइम, बाल बिबाह ,ट्राफिक नियम,लागु औषध सम्बन्धी बिषयमा प्रशिक्षण गरिएका थिए ।

प्रशिक्षण दिदै दाहालले भने गाउँ घरमा अहिले पनि मानव बेचबिखन काे घटना, घरेलु हिन्सा कायमै रहेको हुनाले यसबाट हुने हिन्सा राेक्न सबै पक्षकाे भुमिका उत्तिकै महत्त्वपूर्ण हुने समेत बताए । १ न प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा ईलाका प्रहरी कार्यालय सिजुवाकाे पहलमा समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको हाे ।

उक्त कार्यक्रममा सामाजिक अभियानता काेपिला दाहाल, बिधालयका शिक्षक,शिक्षिका, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायतकाे उपस्थिति समेत रहेको थियोे ।