अबैध रुपमा ट्रिपर काटेर भारत लग्दै

रबिन्द्र बराल प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

रंगेलीः रंगेली कानेपाेखरी सडक २०११ काे मार्चमा भारतीय ठेकदार कम्पनी जिभिअार इन्फ्राप्राेजेक्ट लिमिटेड चाईनाले उक्त सडक बनाउने जिम्मा पाए पछि उक्त कम्पनीले भारतबाटै हाईवा ट्रिपर ट्याक्टर लगायतका सामाग्रीहरु ल्याएर काम सुरु गरेको थियोे ।

उक्त कम्पनी ले १८ महिना काम गरेर कम्पनी भागेे पछि उनिहरुलेे प्रयोग गरेको सवारीसाधन भने बर्षाै देखि थन्क्याएर बिग्रिएकाे अवस्था कानेपाेखरी गाउँ पालिका स्थित रमाइलोमा राखिएको थियोे । भने २ बटा ट्रिपर भने केही महिना अगाडि उक्त ट्रकहरु रंगेली बडा नम्बर ८ स्थित बेदमारी पुल नजिकै एक महिना अगाडि देखि KA -B-3746 नम्बरको हाईवा ट्रिपर उक्त स्थानमा रहेको थियोे ।

अहिले उक्त ट्रिपरका सबै सामान काटेर अबैध रुपमा भारत तर्फ लैजाने गरेको खुलासा भएको छ । स्थानीयले भने तीन दिन देखि केही नाैलाे ब्यक्तिहरु टाटा सुमाेमा अाएर गाडिकाे माथिल्लो भाग सबै काटेर लैजाने गरेको उनिहरुले बताए । त्यसैगरी एक महिना अगाडि महिना दुई बटा ट्रिपर अबैध रुपमा भारत तर्फ समेत लगिएको स्राेतकाे दावि छ । यस बिषयमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार अाफुहरुलाई मंगलबार बेलुकी जानकारी अाए पछि उक्त स्थानीयमा प्रहरी खटाएको र गाडि काट्न प्रयाेग गरिएको ४ बटा सिलिन्डर समेत बरामद गर्नुका साथै गाडि काट्ने ब्यक्तिकाे खाेजि कार्य भईरहेकाे दाहालले बताए ।