राजपा प्रदेश १ काे युवा अध्यक्षकाे जिम्मेवारी पाए लगतै राेशन लिम्बुले गरे यस्ताे घाेषणा

प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६

काठमाडौं – समाबेशी तथा राष्ट्रिय निर्माणकार्यको लागि राष्ट्रिय जनता पार्टीले प्रदेश १ को युवाको अध्यक्षमा रोशन लिम्बुलाइ जिम्मेवारी दिइएको छ । झापा कमल गाउपालिकामा रहि लिम्बुवान आन्दोलनबाट आएका युवा नेता लिम्बू लामो समयदेखी झापा लिम्बुवान आन्दोलनमा थिए ।

पछिल्लो समय लिम्बुवान पार्टी टुट्फुटको सङ्घारबाट कार्यकर्ताको भबिस्यमाथी खेलवाड भएको भन्दै पार्टी भित्र बिद्रोह गर्दै आएका लिम्बू केही समयअघि मात्र राजपामा प्रबेस गरेका थिए ।

लिम्बुवान प्राप्तिको लागि जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै आक्रोशित युवाहरु अहिले धमाधम पार्टी प्रबेस गर्न थालेका छन । अध्यक्ष लिम्बुले केही लिम्बू नेताहरुको कारण लिम्बुवान आन्दोलन धराप पारेको आरोप समेत लगाएका छन । लिम्बुवान प्राप्तिको अन्तिम बिकल्प भनेको राजपाले मात्र सम्भब भएको बताए ।

हिजो बसेको राजपाको तर्फबाट रोसन लिम्बू र लिम्बुवान बिध्यार्थीको तर्फबाट अध्यक्ष छेत्री, अमर आठराइ, अनिस लिम्बू, अमिशा लामा र महेस खडकाको छलफल पस्चात लिम्बुवान बिध्यार्थी र राजपा बिध्यार्थी एकता कार्य तिहार लगतै सम्पन्न गर्ने निष्कर्ष निकालेको छन ।

राजपाले अध्यक्ष तोकेको भोलि पल्टै लिम्बुवान एकतालाइ जोड दिदै आएका लिम्बुले तिहार पछाडी लिम्बुवान बिध्यार्थी र लिम्बुवान युवा मन्च राजपासङ एकता हुने भएको भन्दै देसको पहिलो सक्तीको रुपमा अघि आउने बताए ।