पत्रकार हमालको गिरफ्तारीको माग्यो सर्वोच्चले कारण

प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६

काठमाडौंः सर्वोच्च अदालतले पत्रकार ओम हमाललाई गिरफ्तार गर्नुको कारण माग गरेको छ । शुक्रबार इजलास नम्बर ८ मा भएको प्रारम्भिकबहसपछि न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पत्रकार हमाललाई गिरफ्तारपछि हिरासतमा राख्नु पर्नाको कारण के हो, त्यसबारे लिखित कारण आगामी सोमबारसम्म अदालमा पेश आदेश दिएको छ ।

आज बहस बिहिबार सर्वोच्च अदालतमा पत्रकार मोनिका गुरुङले हमाललाई गैरन्यायिक हिरासतमा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग गर्दै दर्ता गरेकी बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि भएको थियो । रिटको पक्ष र विपक्षबीचको बहस सुनेपछि उक्त आदेश भएको हो । गुरुङ जनसंचार डटकमका सहसम्पादक हुन् । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यायललगायतलाई विपक्षी बनाइएको छ ।

समाचार संकलनकै क्रममा रहेका बेला भदौ ६ गते पोखराको सिसुवा बजारबाट गिरफ्तारपछि राजद्रोहको अभियो लगाइएकोमा अभियोग पुष्टि नभएको ठहरपछि यही मंगलबार सर्वोच्च आदलतले रिट जारी गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएलगत्तै हमाललाई सर्वोच्च गेटबाटै पुनः गिरफ्तार काठमाडौं प्रहरीको टेकु हिरासतमा राख्दै आएको छ । अहिले पत्रकार हमाललाई ‘अभद्र व्यवहार’को अभियोग लगाइएको छ ।

अभियोगमा अनुसन्धान गर्न भन्दै बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरेको छ । हमाल गुरुङ जनसंचार डटकमका सम्पादक हुन् ।