यालेस पाँचथरको अध्यक्षमा दिलाञ्जली

प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

पाँचथर : याक्थुङ लेखक संघ (यालेस) को पाँचथरमा जिल्ला कार्य समिति गठन भएको छ । सदरमुकामस्थित चुम्लुङहीममा सम्पन्न भेलाले राज दिलाञ्जलीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष सुरेन शिशिर केरुङ, पदम दु:खी सम्बाहाम्फे, सचिव निशा लोवा, सहसचिव सिरि माङयुङ र कोषाध्यक्ष सुवाश केरुङ नुनाम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा एल.बि.नेम्बाङ, हरिराज लोवा, लाल अञ्जान सम्बाहाम्फे, मञ्जु तुम्बापो, उदय अपेक्षा, क्षितिज बिरहि, केशर माङयुङ, बिक्रम पारखी केरुङ, श्याम तुफान, बजिन लावती, राजकुमार पन्धाक, डिल्लिहाङ नेम्बाङ, हेमराज नेम्बाङ, समिर पारखी, शंकर आत्मा, सुनिता जबेगु र दिपक नेम्बाङ चयन भएका छन् ।

भेलाले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारमा श्रीप्रसाद जबेगु, राजेन्द्रकुमार जबेगु, नरेन्द्रकुमार केरुङ, दिलेन्द्र कुरुम्बाङ, हरिचन्द्र लावती, मलिसा याक्थुङबा, बीरेन्द्र तुम्बापो प्रतीक, नरेन्द्रराज केरुङ, भवानी तावा, सीता सेलिङ र तिलबिक्रम नेम्बाङ चयन भएका छन् । केन्द्रीय उपमहासचिव मधु केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्यहरु मंगल बेघा, चन्द्र योङ्या, सागर केरुङ र सन्देश सुब्बाको उपस्थिति रहेको थियो ।