रंगेलीकाे मुख्य वजारका सय बर्ष पुरानो घरहरु भत्कन थाले

रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

रंगेली : नेपाल सरकारले सिहदरवारकाे अधिकार स्थानीयलाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेलीकाे बिकासमा नगरपालिकाले रंग उडेकाे रंगेलीलाई रंग भर्न सुरु गरेको छ ।

रंगेली वजारकाे मुख्य हुलाकी राजमार्ग सडक बिस्तार हुने भए पछि स्थानीय खुशी भएका छन । हुलाकी राजमार्ग निर्देशनालय ले सडक बिस्तारका लागि रंगेली नगरपालिकाकाे सिमाक्षेत्र भित्र रहेको संरचनाहरु हटाउन पत्र चार गरेपछि रंगेली वजार भत्कन थालेको हाे । डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमाेजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्रलाई साहयक मार्गकाे रुपमा सडकलाई फराकिलो पार्न १५/१५ मिटर र ६/६ मिटर सेड व्याक निर्माण गर्ने ताेके पछि नगरपालिका कार्यपालिकाकाे बैठकले अाफ्नाे क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडककाे काेल्डस्टाेर देखि मधुवनी चाेक सम्मकाे दायाँबायाँमा रहेका घरहरु भत्काउन परिपत्र समेत गरेको हुनाले अहिले घरहरु भत्कन थालेका हुन । श्री ५ काे सरकारले २०३४ साल ३ महिना २० गतेमा प्रकाशित राजपत्र अनुसार बिराटनगर रंगेली झापा सम्मकाे सडकलाई साहायक मार्गमा वर्गीकरण गरि उक्त सडकको केन्द्र विन्दु देखि दायाँ र बायाँ बाट १५ / १५ मिटर सडक सिमा ताेकिएकाे थियोे ।

सडक बनाउन नहुने भन्दैै केही स्थानीयहरुले अदालतमा समेत मुद्दा हालेपछि अदालतले सडक निर्माण सुरु गर्ने भनि परिपत्र समेत नगरपालिकालाई पठाए पछि नगरपालिले घर टहरा हटाउन निर्देशन दिएकाे नगरपालिकाका मेयर दिलिप बगडियाले बताए ।