भक्तपुरबाट लागूऔषध सहित दुई जना पक्राउ

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

काठमाण्डौः प्रहरीले लागू औषधसहित दुई जना युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट लागुऔषध ट्रामा १९ पिससहित ललितपुरमहालक्ष्मी नगरपालिका–३ बस्ने वर्ष २६ को प्रभात के.सी. र वर्ष २६ को देपेश के.सी.लाई पक्राउ गरेको हो ।

साथै महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले यही भाद्र २१ गते साढे ६ बजे काठमाण्डौ चन्द्रगिरी नगरपालिका–११ गुर्जुधारामा चेकजाँज गर्दा चन्द्रगिरी नगरपालिका–१२ मुखिया गाँउका विक्की रोक्का र धादिङ किरानचोक ४ घर भई काठमाण्डौ गुर्जुधारा बस्ने वर्ष ३८ की राममाया तामाङलाई लागुऔषध चरेशसहित पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध चरेश ६५ ग्राम बरामद भएको थियो ।

यसैगरी महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका का.म.न.पा.–९ तिलगंगाबाट लागुऔषधसहित रौतहट घर भएका राजमिल खान दास र भारत घर भई पर्सा बिरगंज बस्ने निशा कुमारी शाहलाई पक्राउ गरेको छ । निजहरूको साथबाट फेनारगन, नुफिन र डाईजोपाम गरी जम्मा १ सय ६४ एम्पुल लागुऔषध बरामद गरिएको थियो । घटनामा सम्बन्धीे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।