कल्याणपुर सरस्वती मा बि ले अन्तराष्ट्रीय साक्षरता दिवस तथा राष्ट्रीय शिक्षा दिवस मनायो

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

माेरङः हामी सबैकाे प्रण सार्वजनिक शिक्षा प्रणालीकाे संवलीकरण भन्ने मुल नाराकाे साथ माेरङकाे रतुवामाई नगरपालिका १ स्थित कल्याणपुरमा रहेको श्री सरस्वती माध्यमिक बिधालय मा ५३ औ अन्तराष्ट्रीय साक्षरता दिव तथा ४० औ राष्ट्रीय शिक्षा दिवसकाे अवसर पारेर बिधालयले संस्कृतिक कार्यक्रम गरेको छ ।

दुई दसक देखि सामाजिक कार्यलाई निरन्तरता दिदै आईरहेका बल वहादुर बस्नेतले बिधालयलाई २८ थान पंखा र ७० जना बालबालिकाहरुलाई बिधालय पाेसाक समेत बितरण गरेका थिए । उक्त कार्यक्रममा बस्नेतलाई सम्मान गरिएको छ । कार्यक्रममा बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य समेत गरेर अतिथिहरुलाई मनाेरञ्न गराएका थिए । बिधालयले कक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्र छात्राहरुलाई समेेेत सम्मान गरिएको थियो ।

कार्यक्रममालाई सम्बाेधन गर्दै बस्नेतले भनेे अहिले सिंंह दरवारकाे अधिकार गाउँमा हस्तान्तरण गरेता पनि निर्वाचित भएका जनप्रतिनिधिहरुले गरिव जनताकाे छाेरा छाेरीहरु पढ्ने बिधालयलाई आबस्यक जति सहयोग गर्न नसकेकाे र चुनावकाे समयमा घर घरमा आएका प्रतिनिधिहरुले अहिले जनताको मर्म र भावना नबुझेकाे र सामुदायिक बिधालय प्रति अहिलेसम्म पनि राम्रो ढंगबाट काम गर्न नसकेको आराेप लगाए ।

 


साे कार्यक्रममा बिधालयका प्रधानध्यापक नरवदा अधिकारी, बिधालय व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश यादव, समाजसेवी बलबहादुर बस्नेत, सीता देवि बस्नेत, पुर्व शिक्षक राजेन्द्र बराल, सस्त्र प्रहरी बेश क्याप बलडङ्गाका प्रमुख भुपेन्द्र बानियाँ, स्थानीय पुर्ण बहादुर भट्टराई लागयतकाे उपस्थित रहेको थियोे ।