अबैध रुपमा समाग्री भारतबाट अाउन थालेपछि प्रहरीकाे निगरानी

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

माेरङ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउन गरेको समाग्री प्रहरी द्वारा बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे महात्मा रहेकाे रंगेलीचाेप्राह, कर्सिया, नाेचा, डाईनिया, सिक्टि, लगायतका स्थानहरुबाट साईकलकाे प्रयोग गरेर तस्करहरुले कपडा, साडि, चिनि, ४० प्यकेट चुराेटाे तथा खाधन्य र लगायत सामाग्रीहरु नेपाल ल्याउने क्रममा प्रहरीले बरामद गरेकाे हाे । प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेकाे ८ सय लिटर घरेलु मदिरा काेेेक ईस्प्राइट, समेत बरामद गरेको छ ।

 

बजारकाे मुल्य अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको रहेको र साेमबार बिराटनगर स्थित भन्सार कार्यलमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेख नाथ दाहालले बताए । केहि महिना अगाडि नेपालमा उत्पादन हुने खुकुरी चुरोट समेत भारतमा उत्पादन गरेर नेपाल भित्र्याउन थालेको छ । चुरोटका बट्टाहरुमा राजस्वकाे इस्टिकर बिनाकाे हुबहु नेपाल तर्फ ल्याएर रंगेली, दर्वेशा, कर्सिया, अमरदह, अामबाडि लगायतका स्थानहरुमा उक्त खुकुरी चुराेट बिक्रीवितरण समेत हुदै अाएकाे छ ।

 

स्राेतका अनुसार बिराटनगर भन्सारबाट सम्पुर्ण समाग्रिहरु भारत तर्फ लगि पुन डिब्बामा प्यक गरेर राजस्व छलि नेपाल भित्र्याउने गरेको स्राेतकाे दावी छ ।