काेरियामा हुन गै रहेकाे पाँचथर सांगीतिक सौगातको तयारी अन्तिम चरणमा, हल परिवर्तन, लाेकेशन सहित

काेरिया संवाददाता प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

काेरियाः काेरियामा सेप्टेम्बर १३ मा पाँचथर सेवा समाजद्वारा आयोजित पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रमको हल परिवर्तन भएको छ । यस अघि तय गरिएको हल विविध कारण बस कार्यक्रम गर्न असमर्थ भएकोले स्थान परिवर्तन गरिएको आयोजकले जनाएको छ । साथै कार्यक्रमको तैयारीपनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ ।

परिवर्तन भएको हलको ठेगाना 컨벤션 센터 ,하림각 종로구 “자하문로 225(부합동) 하림각 रहेको छ। हलसम्म जान ३ नं लाइनको 경복궁역 गेट ३ बाट निस्केर 7018वा7022बस चढि 하림각 ओर्लेर नजिकै रहेको छ । यसैगरी हलसम्म जानको लागि दोङ्देमुन ३ नं. गेटबाट १० मिनेटको फरकमा निशुल्क ३ ओटा बसपनि लाग्नेछ ।
कार्यक्रम हुने हलकाे लाेकेशन

छुसकको दोश्रो दिन सेप्टेम्बर १३ मा गरिने उक्त कार्यक्रम अपांग एवम् असहाय बालबालिका सहयोगार्थ हो । कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति रहेको छ । यसैगरी चर्चित गायिका मेलिना राई, डान्सर माला लिम्बू, नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिका अमृता लिम्बू र मिलन पूमा राईको पनि बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रम सफल बनाइदिनको लागि कोरियामा रहेका सम्पूर्ण नेपालीमाझ आयोजकले हार्दिक अनुरोध गरेको छ । कार्यक्रम सम्बन्धि थप जानकारीको लागि संयोजक कुविर लिङ्देन (०१०५५७६०५२६) र अध्यक्ष राज लिम्बू (०१०२१९७२३१२) सँग सम्पर्क गर्न सकिनेछ ।