रवि लामिछानेविरुद्ध दायर मुद्दाको सुनाइ सर्यो

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

पत्रकार शालिकराम पुडासैनी प्रकारणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजलासमा परेको निवेदनमाथि विहिबार मात्र सुनाई हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको थियो ।

निवेदनको प्रारम्भिक सुनाई आजका लागि तोकिए पनि सुनाई हुन सकेन । सरकारी वकिलको कार्यालयले हेटौँडा इजलासमा दर्ता गराएको निवेदन र जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रलाईसँगै राखेर विहिबार सुनाई गरिने भएको छ ।

यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।