तीन महिना बितिसक्दा समेत हुलाकी सडक मर्मत हुन सकेन

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

माेरङकाे हुलाकी मार्ग रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ४ स्थित अामताेला नजिकै र धनपालथान गाउँ पालिका ६ स्थित रामचाेक नजिकै सडककाे दायाँ बायाँ भत्किएको हाे ।

असार २७ गते अाएकाे बाडिका कारण उक्त सडक भत्किए पछि अहिले उक्त स्थानमा रातिको समयमा यात्रा गर्दा ठुलो दुर्धटना हुन सक्ने स्थानीयहरु बताउँछन् । दैनिकी उक्त हुलाकी सडकमा सयौं साना तथा ठुला सवारी साधनहरु अावत जावत हुने गर्दैछन् । सडक बिभागकाे यस्तो लापरबाहीका कारण जुनसुकै बेला ठुलो दुर्धटना हुन सक्ने समेत देखिन्छ ।

साे सडककाे केही भाग खाल्डाखुल्डी समेत बढि मात्रामा रहेको पाईन्छ । यस बिषयमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले समेत सम्बन्धित निकायलाय खवरदारी गर्नुपर्ने जरुरी रहेको छ ।