चार लाख रुपैयाँ बराबरको सामान बरामद

रबिन्द्र बराल प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

माेरङ : माेरङकाे सिमाबर्ति क्षेत्र बाट अबैध रुपमा नेपाल भित्र्याउन गरेको माेटरसाईकलकाे टिउ सहित दुई माेटसाईकल सहित प्रहरीले बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा रंगेली नगरपालिका ५ स्थित अामगाछिबाट बुधबार राति १२ बजेकाे समयमा माेटरसाईकलमा प्रयाेग हुने २ सय ४० पिस टिउ सहित उक्त सामान ल्याउन प्रयोग गरिएको BR 38-7- 6062 र BR 38 Q 8466 नम्बरको माेटरसाईकल चालकले प्रहरी देखेपछि माेटरसाईकल छाेडेर भागेका थिए ।

त्यसैगरी माेरङकाे जहदा ४ बस्ने बर्ष ४२ का संन्जिव सिंह, जहदा ७ बस्ने मिथलेश यादव र गाैतम ठाकुरले ल्याउदै गरेको २ बटा एलएडि र ५० केजि सुर्ति सहित पक्राउ गरिएकाे सामान अन्दाजी ४ लाख रुपैयाँ बराबरको रहेको र बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेख नाथ दाहालले बताए ।