जाग्दैछन् हिन्दू संस्थाहरू “विश्व वैदिक सनातन संस्कृति अन्राष्ट्रिय महोत्सव तथा कल्याण महायज्ञ”मा यस्तो भयो

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

हिन्दु धर्मको महत्वको व्याख्या र रक्षार्थ पहिलो पल्ट भव्यरुपमा गणेशपूजा, तीज पूजा,सप्तर्षिपूजा, ईन्द्र पूजा तथा भगवान् अनन्तपूजा को आयोजना राजधानि काठमाडौँको गौशला पशुपति क्षेत्र सुमार्गी भवन अगाडि गरिएको छ । धार्मिक साँकृतिक पर्यटन विकास र ग्रहदोष शान्ति तथासुख समृद्धिको लागि “विश्व वैदिक सनातन संस्कृति अन्राष्ट्रिय महोत्सव तथा कल्याण महायज्ञ” नाम दिईएको यस कार्यत्रमको सुरु गत १६ गतेबाट भएको थियो भने अन्त यहि २८ गते हुनेछ ।

यसै विच यस कार्यक्रम आयोजकहरुले आज एक पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको उद्येश्य र हिन्दुधर्मको महत्ववारे चर्चा गरेका छन् । अनन्तश्री विभुषित विश्वसान्तिदुत राजगुरु तथा जगत्गुरु वीरेन्द्र परहंस ज्योतिषाचार्यजी महाराज ले सम्मेलनमा वोल्दै हिन्दु धर्मको उद्गमस्थल नेपालमा हिन्दु धर्मको मात्रै प्रचार गरे पनि पर्यटक असंख्य भित्राउन सकिने तर्क प्रस्तुत गर्नुभएको थियो साथै उहाँले वेदको महत्व र हिन्दु धर्म पशुपतिनाथ भगवान को महत्वलाई समेत प्रकाश पार्नुभएको थियो ।
त्यस्तै विस्व हिन्दु महासंघको महासचिव अस्मीता भण्डारीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराईएकोमा चिन्ता व्यक्त गर्दै हिन्दु धर्म संसारकै उत्कृष्ट धर्म भएपनि प्रचार प्रसार र मानविय चेतनाको विस्तार गर्न नसकिएको कुरा स्वीकार गर्दै हिन्दु धर्म नेपालको शान भएको समेत खुलासा गरे ।
कार्यक्रममा सिव सेना नेपालका अध्यक्ष विक्रम बम पशुपति आरति परिवारकी अध्यक्ष उर्मीला आदिले हिन्दु धर्मको रक्षार्थ आफुहरुले खेलेको भुमीकाको चर्चा गर्दै नेपालमा राजतन्ँत्र नै आवश्यक भएको तर्क पेश गरेका थिए ।

कार्यक्रममा पुजा समितीका अध्यक्ष उपेन्द्र यादव, गौ रक्षक राष्ट्रिय जागरणका अध्यष किशोर गुरुङ, श्री राम हनुमान आरधना मण्डलका अध्यक्ष किश्वरी महतो, पशुपति आरती नृत्य परिवारका महासचिव शान्तीलक्ष्मी श्रेष्ठ, मञ्जु यादव , विनु आचार्य, लगायत हिन्दु धर्मका विभिन्न संगठनका सो कार्यक्रम आयोजक एंव सहयोगी ंसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । हेर्नुहोस पुरा भिडियो ।https://www.youtube.com/watch?v=M2SD6guQBl0