माेरङ सहकारी आफ्नै भवनमा सर्याे

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६

माेरङ जिल्ला सहकारी संघ लिमिटेड विराटनगरमा आफ्नै भवनमा सरेको छ । उक्त भवनकाे उद्घाटन एवं सम्मान कार्यक्रममा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विराटनगर–९ मा चार धुर जग्गामा तीन तल्ले भवन ९० लाखमा खरीद गरेर साेहि भवनको उद्घाटन गरेकाे थिइन ।

जिल्ला सहकारी संघ मोरङको नवनिर्मित भवनको उद्घाटन पछि आयोजित सम्मान कार्यक्रममा मन्त्री अर्यालले जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने सहकारी संस्थाका प्रतिनिधिहरुलाई सम्मान पनि गरकि थिइन । साेहि कार्यक्रममा मन्त्री अर्यालले आवश्यकता भन्दा बढी जमिन खण्डिकरणको भयावह अवस्था रहेको बताउँदै मन्त्री अर्यालले जनसंख्या भन्दा जमिनका कित्ताहरु बढीरहेको बताइन् । जमिनको अत्याधिक खण्डिकरणले गर्दा प्लट खेति गर्ने र उत्पादन वृद्धि गर्ने काम सबैभन्दा धेरै प्रभावित भएको भन्दै उनले सहकारीको माध्यमबाट जमिनको चक्लाबन्दी गर्ने र समयदेखि नेपालमा भूमिको स्वामित्व विवाद रहेकोले त्यसलाई सँधैकालागि अन्त्य गर्न अन्तिम पटक सबै जनतालाई भूमिको मालिक बनाउने योजना रहेको मन्त्री अब नेपालमा कोही पनि भूमिविहीन छैन र सुकुम्बासी छैन भनेर औपचारिक घोषणा गर्ने, अव्यवस्थित बसोबास गरेकाहरुसँग निश्चित रकम लिएर अन्तिम पटक जमिन रजिष्ट्रेसन गरिदिने र भविष्यमा राज्यले कसैलाई पनि भूमि वितरण नगर्ने गरी कानून ल्याउने मन्त्री अर्यालले बताइन् ।

मोरङ जिल्लामा ६ सय २ वचत, १ सय ४३ वहुउद्दश्यीय र २ सय ३५ कृषि सहकारी गरी जम्मा एक हजार ९९ सहकारी सञ्चालनमा रहेका छन् ।
जिल्लाका सहकारीले वार्षिक आठ अर्व ४७ करोड निक्षेप संकलन, ११ अर्व १० करोड कर्जा प्रवाह र २६ अर्व आर्थिक कारोवार हुने गरेको छ । सहकारीमा ३ लाख १५ हजार शेयर सदस्य रहेका छन् उक्त कार्यक्रममा प्रदेशसभाका सदस्य यशोदा अधिकारी, सहकारी महासंघका प्रदेश संयोजक रमेश पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, ईन्जिनियर कमलेश्वर ठाकुर लगायतकाे उपस्थिति समेत रहेको थियोे ।