माध्यमिक विधालय लेटि गाेविन्दपुरले मनायाे बाल दिवस

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६

बाल दिवसकाे अवसर पारेर माेरङकाे रतुवामाई नगरपालिका ५ स्थित श्री माध्यमिक विधालय लेटि गाेविन्दपुरमा विभिन्न कार्यक्रमकाे अायाेजना गरिएको छ ।

बिधालयले प्रत्येक बर्ष कक्षामा प्रथम, द्वतिय, र तृतीय हुने तथा हरेक क्रियाकलापमा सफल हुने बालबालिकाहरुलाई पुरस्कार बितरण समेत गरेकाे छ । बिधालयले बाल दिवसकाे अवसरमा समाज सेवि बलबहादुर बस्नेतलाई विशेष सम्मान समेत गरेको छ । बस्नेतलेे बिधालयलाई २१ थान सिलिङ पंंखा दिनुका साथै अन्य सहयोग गरेकोमा बिधालयले सम्मान समेत गरेको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दे बस्नेतले अहिले सिंंह दरवारकाे अधिकार गाउँमा हस्तान्तरण गरेता पनि निर्वाचित भएका जनप्रतिनिधिहरुले गरिव जनताकाे छाेरा छाेरीहरु पढ्ने बिधालयलाई अाबस्यक जति सहयोग गर्ने नसकेकाे र चुनावकाे समयमा घर घरमा अाएका प्रतिनिधिहरुले अहिले जनताको मर्म र भावना नबुझेकाे र सामुदायिक बिधालय प्रति अहिलेसम्म पनि राम्रो ढंगबाट काम गर्ने नसकेको बताए ।

साे कार्यक्रममा रतुवामाई ५ का वडाध्यक्ष कन्हैया राजवंशी, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गानन्द ताजपुरिया,बिधालयका प्रअ मेघनाथ कोइराला, समाजसेवी बलबहादुर बस्नेत,गणेश कार्की र पुर्व शिक्षक रबिन्द्र पंन्डित लगायतलाई समेत सम्मान गरिएको थियोे । बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य गरेर अतिथिहरुलाई मनाेरञ्जन समेत गराएका थिए ।