बाल दिवसको अवसरमा रानीटारमा रोपाइ जात्रा

रामप्रसाद बॉस्कोटा प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६

पॉचथर : बाल दिवसको अवसरमा आज पॉचथरको फिदिम नगरपालिका वडा नं ७ बराजु रंगशाला रानीटारमा रोपाइ जात्रा तथा सॉस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

रानीटार मा वि का विद्याथीहरुको लस्कर रानीटार मा वि को खेलमैदानबाट निस्कीएको बाजागाजा सहित विभिन्न जातजातीका पोसाकमा सजिएका रोपाहार , बाउसे ,गोरु , घोडा, साधु सन्त सहित रंगशालामा देखिएको रोपाइ जात्राले सॉचीकै दर्शकहरुलाइ असारको रोपाइ को स्मरण गर्दै मनोरन्जन दिएका थिए । २०३८ सालबाट सुर गरिएको हिलेजात्रा २०५६ साल सम्म रानीटार मा वि खेलमैदानमा हुदै आएकोमा त्यस पछि माओवादी दन्दका कारण विचमा बन्द भइ ३ बर्ष अघि देखि पुन रंगशालामा जात्रा देखाउन थालिएको हो ।

रोपाइ जात्रा मेला आयोजक समितीको आयोजनामा सम्पन्न सो रोपाइ जात्रा मेला बजारमा पॉचथर ,इलाम ,झापा जिल्ला देखिका ब्यापारी , दर्शकहरु गरी हजारौको संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो । मेलाको अवसरमा फुटवल प्रतियोगिता समेत भइ रहेको छ । सो प्रतियोगिताको फाइनल खेल भोली रेड स्टार क्लव झापा र सैनिक क्लव झापाका विच हुने भएको छ । सो जात्रा कार्यक्रम फिदिम नगरपालिका का प्रमुख ओनाहाड नेम्वाडको प्रमुख आतित्यमा सम्पन्न भएको थियो ।

यसै गरी बाल दिवसको अवसरमा फिदिम २३ स्थीत सिद्देश्वर मावि मा समेत अन्तर सदनात्मक छात्र तथा छात्राको फुटवल प्रतियोगिता समेत सम्पन्न भएको छ ।  यसै गरी कालिका आधारभुत विद्यालय फिदिम ७ मा विविध सॉस्कृतिक कार्यक्रम एवं खेलकुद कार्यक्रम सहित सम्पन्न भएको छ ।