प्रथम राष्ट्रिय वक्तृत्वकला तथा सेमिनर कार्यक्रम सम्पन्न

प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

राष्ट्रिय विज्ञान दिवस २०७६ काे अवसरमा जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुर र Nepalese Society of Biotechnology (NSB) काे संयुक्त आयाेजनामा प्रथम राष्ट्रिय वक्तृत्वकला तथा सेमिनर कार्यक्रम सम्पन्न भएको छ। नेपालमा नै उपलब्ध स्राेत, साधन एवम् प्रविधिकाे प्रयोग गर्दै प्राप्त ज्ञान र सिपलाई अनुसन्धान र उद्योगकाे क्षेत्रमा सहयोग पुर्‍याई विद्यार्थी स्वयंलाई अात्मनिर्भर र देश विकासमा टेवा पुर्‍याउन उत्प्रेरित गर्दै विभिन्न क्षेत्रकाे अनुसन्धानकर्ता, उद्योगपति उद्धमीहरुसँग अन्तर्कृया गराउने उद्देश्यले आयाेजित साे कार्यक्रमकाे सभापतिमा विभागिय प्रमुख प्रा.डा. कृष्णदास मानान्धर, प्रमुख अतिथि त्रि.वि. उपकुलपति प्रा.डा. सुधा त्रिपाठी रहनुभएकाे थियोे भने कार्यक्रमकाे सन्चालन सर्वेश रिजाल र विशेषता नेपालले गर्नुभएको थियोे। विभिन्न भागमा विभाजित कार्यक्रमकाे ‘Talk session ‘ अन्तर्गत ‘How to make a million dollar company’ शीर्षकमा प्रा.डा. प्रमाेद अर्यालले सन्चालन गर्नुभएको थियाे त्यस्तै विभिन्न क्याम्पस, विश्वविद्यालय लगाय अन्य क्षेत्रका आमन्त्रित valley feed industry का बाबु राजा रावल, OMNICA बाट महेश प्रसाद प्रधान, vianet बाट अमृत अधिकारी , KU बाट प्रा.डा. टीका बहादुर कार्की, CHDS बाट डा. डीना बज्राचार्य र safe food alliance बाट प्रवेश श्रेष्ठ सहितका विशेषज्ञहरु समावेश रहेको अन्तर्कृया कार्यक्रमकाे सहजिकरण प्रा.डा. प्रमाेद अर्यालले गर्नुभएको थियोे। विभिन्न क्याम्पस तथा विश्वविद्यालयका प्रतिस्पर्धी रहेको प्रतिस्पर्धामा NIST TU कि रजीना श्रेष्ठ प्रथम, SANN PU का नवीन चाैलागाइ दिृतीय र KU का सुदिप पाण्डे तृतीय हुँदै क्रमस नगद रु १०,००० , ५,००० र ३,००० सहित ट्रफी हात पार्न सफल हुनुभयो भने FICUS Biotech Pvt.Ltd. का सन्ताेष दाहाल, Kalapas Biotech का किसुन घलान, National Biotech Pvt.Ltd. का श्याम विक्रम सिंजापति,jhs analytics का बिरेन्द्र बिस्ट Alpha Agro Pvt.Ltd. कि मन्जु पुन ले जैविक प्रविधि सम्बन्धित आफ्ना अनुभवहरु अन्तर्कृयाकाे माध्यमबाट प्रस्तुत गर्नुभएको थियाे।।