मेहनत अनुसार सनपाटकाे उचित मुल्य नहुदा माेरङका कृषक निरासमा (भिडियाे सहित)

रबिन्द्र बराल प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

माेरङकाे दक्षिणी क्षेत्रका कृषकहरु यस बेला सन्पाट (पटुवा) खेतिबाट मनग्ये अाम्दानी नहुदा चिन्तित बनेेेेका छन ।

ुसन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् । रंगेली नगरपालिकाका कृषक रमेश मन्डल भन्छन अाफुले १० कठ्ठामा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरेता पनि अहिले अाएर बिगतमा प्रतिमन १६ सय रुपैया रहेकोमा यस बर्षभने २४ सय प्रतिमन रहेको उनले बताए ।


मजदुरहरुले समेत सन्पाट (पटुवा) काटन समेत नमान्ने गरेको र मजदुरलाई दैनिकी ज्याला ५ सय रुपैयाँ दिनुपर्ने र जन मजदुरहरु समेत गाउँ घरमा कम मात्रामा पाईने हुनाले बडि समस्या परेको कृषकहरु बताउँछन् ।
कृषकले भने १० कठ्ठा मा सन्पाट छर्ने बेला देखि सन्पाट काटने बेला सम्म ३० हजार रुपैयाँ सम्म खर्च हुने गरेको तर अाम्दानी भने कम हुने गरेको उनीहरु बताउँछन् ।
कसरी तयारी हुन्छ त सन्पाट ?

सनपाट काटे पछि साता दिन सम्म सनपाटकाे सबै पातहरु झार्नुपर्ने हुन्छ । त्यपछि त्यस लाई सानाे सानाे मुठ्ठी पारेर बान्ने गरेपछि त्यस लाई पानी जम्नेे पाेखरी,खाेला, खाेल्सिमा सनपाटलाई २५ दिन सम्ममा कुहाएर राख्नुपर्ने हुन्छ । त्यस पछि पानीको सहारामा सन्पाट निकाल्ने गरिन्छ । त्यस पछि सनपाटलाई साता दिन सम्म घाममा सुकाएर सनपाट तयारी पार्ने गरिन्छ । यति धेरै मेहनत भएता पनि सरकारले किसानले उव्जाएकाे सामनहरुकाे उचित मुल्यांकन गर्ने नसकेकाे कृषक हरेरामा मंन्डलले बताए ।

गत बर्ष यस क्षेत्रमा ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेति भएकोमा यस बर्ष भने ८ देखि १० प्रतिशत मात्रै जुट खेती मात्रै भएको छ । २०४१ साल तिर माेरङमा सबैभन्दा बडि जुट खेती हुने भएता पनि केहि बर्षदेखि सनपाट खेति भने न्यून हुन थालेको छ । ४१ साल तिर सन्पाटकाे समयमा भारतबाट जन मजदुरहरु माेरङकाे विभिन्न भागमा अाएर तीन महिना घर भाडा गरेर उनिहरु सनपाट खेति गर्ने र सनपाट तयारी पारेर मात्रै भारत तिर जाने गरेको स्थानीय बुडापाकाहरु बताउँछन् ।