राउण्ड टेवलले २ सय बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता बितरण

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६

माेरङकाे रंगेली नगरपालिका ६ स्थित महर्षी मेही प्रँथमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरेका छन । राउण्ड टेवलले विद्यालयका करिव २ सय बालबालिका हरु लाई विद्यालय पोशाक तथा जुत्ता बितरण गरेेेेका हुन ।

समुदायका बिधालय मा अध्यन गर्ने अधिकान्स बालबालिका हरु गरिव तथा अतिविपन्न समुदायका रहेका हुन्छन ।

राउण्ड टेवलले विद्यालयमा स्कुल पोशाक नभए र बालबालिका हरु दैनिकी घर मा लागाएर बस्ने गरेकै पाेसाक लगाएर बिधालय अाएकाे देखे पछि साे संस्था ले विद्यालय परिषरमै एक कार्यक्रमको आयोजना गरी बितरण गरेको छ ।

राउण्ड टेवलले विद्यालयको भौतिक पुर्वाधार सहित सबै प्रकारको सहयोग समेत गर्दे अाएकाे छ ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुमित सरिया, राजेश वगडिया, सन्नी अग्रवाल, पंकज पारख, दिवस सुवेदी, बिधालयका शिक्षक , अबिभावक लगायतको उपस्थिति रहेको थियो ।