प्रगतिशील नमुना समाजद्वारा दशै कप फुटबल सुरु

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६

माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमी काे अवसर पारेर दशै कप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ ।

माेरङकाे बिराटनगर ,सुनवर्सि , बवियाबिर्ता, जहदा लगायत १६ बटा टिम काे सहभागी मा उक्त खेल सुरु गरिएको हाे । नेपाली हरुकाे महना पर्व बिजया दशमी नजिकिँदै जाँदा दशै कप फुटबल टुनामेनट काे अायाेजना गरिएको समितिका अध्यक्ष लिलाराज खरेलले बताए ।

आईतबार भएको दाेस्राे खेलमा साेदा युवा क्लव रतुवामाई र युवा स्पाेटिङ क्लव बिराटनगर बिच भएको खेलमा खेलकाे हाप ट्याप सम्ममा बराबरी खेल भएता पनि खेलकाे हाप ट्याप पछि रतुवामाईले ३ गाेल गरेर टिमलाई अग्रता दिएकाे थियोे । भने बिराटनगरले १ गाेल मात्रै फर्काउन सफल भएको थियोे ।


कार्यक्रमकाे प्रमुख अतिथि अमृत अर्याल , बिष्ट अतिथि डिक बहादुुर लिम्बू , अतिथीहरुमा नागेश काेईराला ,माेदराज घिमिरे ,बडा अध्यक्ष जितनारायण खवार,गाेपाल सेडाई, स्थानीय बुद्धिजीवी लगायतको उपस्थित रहेको थियोे । खेलमा बिजेता तथा उपविजेेेता हुनेेहरुलाई नगद ३० हजार, २० हजार सिल्ड,प्रमाणपत्र, मेडल हस्तान्तरण गरिने आयाेेेेजकलेे जनााएको छ ।

साेमबार फर्सडागि क्लव र बवियाबिर्ता फुटबल क्लव बिच हुने अायाेजकका बालकृष्ण उप्रेतीले बताए ।