काठमाडौंमा राँगो माथि गाेलि प्रहार, चार जना घाइते

प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६

काठमाडौं : काठमाडौंको कालीमाटीमा राँगोले हान्दा चारजना घाइते भएका छन् । काठमाडौंमा मासुका लागि तराइबाट ल्याइएको राँगो मंगलबार बिहानै कालीमाटीमा ट्रकबाट झार्ने क्रममा सडकमा निस्किएर चारजनालाई हानेर घाइते बनाएको थियो । त्यहाँबाट भागेको राँगोलाई खिचापोखरीमा घेरा हालेर प्रहरीले गोली हानेको थियो ।

महानगरीय प्रहरी परिसरको टोलीले राँगोलाई गोली हानेर मारेको थियो । महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले दिएको जानकारीअनुसार राँगोले हानेर घाइते भएका चारजनाको काठमाडौंमा उपचार भइरहेको छ ।