बडा स्तरीय खेलमा एक नम्बर बिजय

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६

माेरङकाे रंगेली नगरपालिका ६ स्थित अामताेलामा दाेस्राे नगरपालिका वडा स्तरीय नकअाउट फुटबल प्रतियोगिता सुरु भएको छ । असाेज ८ गतेदेखि १६ गतेसम्म सुरु भएको खेलमा रंगेली नगरपालिकाकाे ९ बटा टिम हरुकाे सहभागीता रहेको छ ।

उक्त खेलकाे उद्घाटन नगरपालिका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, बडा अध्यक्ष रामचन्द्र मंन्डल, महेश खनाल, घन्श्याम पनेरू, स्थानीय महिला भुमा पराजुली, पुनम सापकोटा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा मेयरले भने अबका दिन हरुमा सबै बडामा बडा स्तरीय फुटबल टुनामेन्ट गर्ने र सबै लाई एक बनाई नमुना टिम बनाउने प्रतिव्यता जनाएका छन । बुधबार बडा नम्बर १ र ८ बिच भएको खेलमा बडा नम्बर एक ले ३ गाेल गरि विजय भएका छन । अाजकाे मन्याव्दि म्याच हेमप हस्तालाई दिएको थियोे ।

बिहीबारकाे खेल बडा नम्बर ७ र ६ बिच हुने अायाेजकले जनाएको छ । रंगेली नगरपालिका र बडा कार्यलयकाे सहयोग तथा समाज सेवा युवा क्लवकाे अायाेजनामा गरिएको हाे । खेलमा प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँ दाेस्राे हुने लाई २५ हजार रुपैयाँ सिल्ड, प्रमाणपत्र, मेडल बितरण गरिने अायाेजकले जनाएको छ