रंगेली वडा नम्वर ६ को विजय

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६

माेरङकाे रंगेलीमा स्थापना भएको समाज सेवा युवा क्लवले आमतोलामा दोस्रो नगर वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा वडा नम्बर ६ विजय भएको छ । जनता माध्यमिक बिधालयकाे खेल मैदानमा बिहीबार भएको बडा नम्बर ६ र बडा नम्बर ७ बिच भएको खेलमा बडा नम्बर ६ ले ५ गाेल गरेर बिजय भएको हाेे । बडा नम्बर ७ ले १ गोल मात्रै फर्ककाउन सफल भएको थियोे । खेलको १५ मिनेटमा वडा नम्बर ६ का अरुण पासवानले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेेलकाे दोस्रो हाफ पछि वडा नम्बर ७ का जितेन मण्डलले १ गोल गरेका थिए । अाजकाे खेलको म्यान अफ द म्याच वडा नम्बर ६ का अरुण पासवान घोषित भएका छन । शुक्रबारकाे खेल वडा नम्बर २ र ५ बिच हुने आयोजक अध्यक्ष अनुप राईले बताए । खेलमा प्रथम हुने टिमलाई ३५ हजार रुपैयाँ दाेस्राे हुने लाई २५ हजार रुपैयाँ सिल्ड , प्रमाणपत्र , मेडल बितरण गरिने अयाेजकका रविन दहालले बताए ।