चार हाईकु “दशैँ”     – निशा कार्की

प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६

 

हाईकु

दशैँ

– निशा कार्की

दशैँ नामको

दश दिनको दशा,
खै खुशियालि !

मेरो जीवन
सायद भाग्यपनि
बलिको बोका!

बाल्यकाल को
आनन्दित समय
दशैँ पो हो त्यो!

नेताको दशै
बलत्कारीको देश
आएन दशैँ !