चुम्लुङ युएइ अध्यक्षमा गज वनेम निर्वाचित

प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६

संयुक्त अरब ईमेरेट्स (दुबई) मा रहेका लिम्बूहरूको साझा संगठन किरात याक्थुङ चुम्लुङ (कियाचु) युएईको पाँचौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

२० सेप्टेम्बर, २०१९ शुक्रबारको दिन सम्पन्न उक्त अधिवेशन दुबई अवस्थित सिन्दपन्जाब रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो । पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा अध्यक्षतामा गज वनेम उपाध्यक्षमा कमल बहादुर लावती, श्रीमती शर्मिला पन्दाक, महासचिवमा सुबास बेघा, सचिवमा बिक्रम पन्दाक, कोषाध्यक्षमा मनिसा खाम्दाक लिम्बू, सह-कोषाध्यक्षमा सुनिता पाङमा, प्रबक्तामा बिराज केरुङ मायालु कान्छा, सदस्यहरुमा गोबिन्द कुमार लुम्फङवा लिम्बू, खडक सिङजाग‍ो, दुर्गा थोक्लेन लिम्बू, उदिप अोख्राबु, एलुन लिङदेन लिम्बू, ललित तुम्रोक, बुध्द लिङदेन, सितादेवी सुब्बा इजम(रस्ना), श्रवण सुन्दर लावती, हसं राज केरुङ, बिशाल लिङ्देन लिम्बू, सुरेश कुमार फागो रहेका छन ।