अशोक, एआर र टंकको मन बिनाको धन भाग दुई बा आमा सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६

काठमाडाैंः सानै उमेरमा नै निकै चर्चा कमाएर भाईरल भएका बाल गायक अशोक दर्जीको स्वरमा रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो बोलको गीतको भाग दुई अर्थात, बा आमा भनेका जिउँदा देउता हुन सार्वजनिक भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकी को युटुब च्यानल मार्फत यो गित सार्वजनिक गरिएको हो । उक्त गीतमा सङ्गीत पनि टंक बुढाथोकीको नै रहेको छ ।

युटुबमा सार्वजनिक भएको थाेरै समयमा नै गीतले सफलता हात पारेको छ । यो समाचार तयार पार्दा सम्म यस गीतमा आठ लाख भन्दा धेरै पटक हेरिएको छ भने ६२ हजार भन्दा धेरै लाईक आएको छ । गीत एकदमै राम्रो बनेको कमेन्ट अाएकाे छ ।

अशोक दर्जीको सर्वाधिक रुचाइएको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ धेरैले मन पराएपछि भाग २ पनि वजारमा ल्याएको बुढाथोकीले जनाएका छन । यो गीतले पनि समाजको लागि सकारात्मक संदेश दिने खालको छ । बा आमा भनेका देवता हुन, उनीहरुको हामीले सधै सम्मान गर्नुपर्ने भनेका छन ।

अशोक दर्जी, ए आर र टंक बुढाथोकीको स्वर रहेको गीतलाई शंखर आचार्यले शव्द लेखेका हुन । यो गीत गाउँदा सम्म अशोक दर्जीको स्वर र शैलीमा धेरै परिवर्तन आएको छ भने उनको गायकी शैली पनि उत्कृष्ट भएको देख्न सकिन्छ ।
हेर्नुहोस यो भिडियो