ख्याती प्राप्त कलाकारका साथमा दरबार रोधी घरमा “दशैँ तिहार बिशेष सांगीतिक धमाका” हुँदै

प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६

काठमाडौँ – नेपालीहरुको महान् चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा दरबार रोधी घरले “दशैँ तिहार बिशेष सांगीतिक धमाका” गर्ने भएको छ । “दरबार रोधी घरको शान नेपाली लोक दोहोरी कलाकारहरुको सम्मान र पहिचान” भन्ने मुल स्लोगनका साथ जमल स्थित दरबार रोधीघरले यहि असोज १२,१३ र १४ गते (बेलुका ७ बजे देखि सुरु भई बिहान २ बजेसम्म) ख्याति प्राप्त कलाकारहरुका साथ प्रस्तुति दिने भएको हो ।

कार्यक्रममा चर्चित गायक गायिकाहरु रामजी खाँड, राजु परियार, पशुपति शर्मा, पुष्कल शर्मा, देबि घर्ति, राजु ढकाल, कुलेन्द्र बि.क, टिका सानु, डिला बि.क, पुर्णकला बि.सी, रिना थापा, शंखर बि.सी, दुर्गेश थापा, सुमन परियार, मिना तामाङ्ग, कृष्ण रेउले, आश्रम गुरुङ, कुष्ण आँशु, मिरा गिरी, पुर्णिमा लामा, मिना लामा, सुनिल थापा लगायत अन्य कलाकाहरुको प्रस्तुती रहने छ ।

साथै कार्यक्रममा पछिल्लो समय दर्शक र श्रोताको मन मुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कँडेलको पनि उपस्थितीसँगै बिशेष प्रस्तुती रहने छ भने केहि समय अगाडि भद्रगोल हुँदै सक्किगोनी नामक टेलिसिरीयलबाट चर्चा कमाएका कुमार कट्टेल “जिग्री”, अर्जुन घिमीरे “पाँडे”, सागर लम्साल “बले”, हरिश निरौला “कक्रोज” लगायत टिमको पनि बेजोड प्रस्तुति रहने छ ।