रंगेलीमा स्थापना भएको आर्यघाटमा स्थानीयले कम मुल्यमा दाउरा पाउने

रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६

माेरङकाे रंगेली नगरपालिका ७ स्थित रंगेली तिरुपति आर्यघाटमा स्थानीयले दाहासंस्कार तथा घर प्रयाेजनका लागि शुलभ मुल्यमा काठ दाउरा विक्री गर्नेका लागि डिपो सञ्चालन भएको छ ।

बेलबारी चिसाङ्ग साझेदारी वन व्यवस्थापन समुहले तिरुपति आर्यघाटमा सस्तो मुल्यमा बिक्रीवितरण गर्ने दाउराकाे डिपो उद्घाटन गरिएको छ ।
गरिव तथा विपन्न परिवारलाई काठ दाउरा उपल्वध गराउने उदेश्यले आर्यघाटमा दाउरा बिक्री वितरणका लागि डिपो सञ्चालन गरिएको छ ।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप वगडिया जिल्ला अतिथि जिल्ला कार्यलय प्रमुख विशाल घिमिरे, अतिथिहरुमा बेलबारी साझेदारी वनका अध्यक्ष दिनेश गिरि, आर्यघाट व्यवस्थापन समितिका अध्यक्ष मनोज अग्रवाल, स्थानीय, बुद्धिजीवी , समाजसेवि लगायत काे समेत उपस्थित रहेको थियोे ।

साे कार्यक्रममा अतिथिहरुले विभिन्न जातहरुका रुख राेपेर बृक्षाराेपण समेत गरेका थिए । काठ दाउरा डिपोकाे मेयरले रिवन काटेेेर उद्घघाटन गरेका थिए ।

साथै डिपोलाई डिभिजन बन कार्यालय विराटनगरले डिजिटल काटा समेत उपल्वध गराएको कार्यलय प्रमुख विशाल घिमिरे बताए ।